अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली एमाले संसदीय दलको बैठक : खनाल-नेपाल समूह पनि उपस्थित

कर्णाली एमाले संसदीय दलको बैठक : खनाल-नेपाल समूह पनि उपस्थित


सुर्खेत- आइतबार नेकपा एमालेले बोलाएको संसदीय दलको बैठकमा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष पनि उपस्थित भएको छ ।

सांसद सुशील थापाका अनुसार बैठकमा सरकारमा रहेका मन्त्रीसहित खनाल-नेपाल समूहका सबै सांसद उपस्थित हुनु भएको हो ।

उहाँका अनुसार बैठकमा सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र अर्थ मन्त्री प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्छ ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ

यसअघि चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । सो बैठकले गरेको निर्णयमा खनाल-नेपाल पक्षका सांसदले भने सहमति जनाएका थिएनन् ।

उनीहरू बैठकमा सहभागीसमेत भएका थिएनन् ।