अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशको राजनीति रोमाञ्चक मोडमा, माओवादीको सरकार ढल्ने पक्का

कर्णाली प्रदेशको राजनीति रोमाञ्चक मोडमा, माओवादीको सरकार ढल्ने पक्का


काठमाडौं- कर्णाली प्रदेशको राजनीति रोमाञ्चक मोडमा प्रवेश गरेको छ । सो प्रदेशमा अब नेकपा एमालेको स्पष्ट बहुमत हुने अवस्था सिर्जना भएको छ ।

४० सदस्यीय प्रदेश सभामा एमालेको २० सांसद छन् । एमालेलाई बहुमतका लागि एक जना सांसद अपुग थियो । माओवादी केन्द्रका धर्मराज रेग्मी एमाले प्रवेश गर्नुभयो । एमाले प्रवेश गर्नुभएपछि उहाँको संसद सदस्यता खारेज गर्न माओवादी केन्द्रले सभामुखलाई आज पत्र दिएको छ ।

रेग्मीको पद खारेज भएको अवस्थामा एमालेलाई ठूलो फाइदा हुनेछ । किनभने एमालेले एक्लैले सरकार बनाउन सक्नेछ ।

स्पष्ट लाभको अवस्थामा पुगेपछि आज कर्णाली प्रदेशसभा एमाले संसदीय दलको बैठक बस्यो । बैठकले आफ्ना मन्त्रीहरूलाई २४ घन्टाभित्र सरकारबाट राजीनामा दिन भनेको छ । त्यसैगरी नयाँ सरकार गठनको बाटो खोलिदिन एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अनुरोध पनि गरेको छ ।

एमाले प्रमुख सचेतक गुलावजंग शाहका अनुसार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको हुनाले मुख्यमन्त्री अल्पमतमा पर्नुभएको र उहाँले राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार आजको बैठकले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरुलाई राजीनामा दिन भनेको छ । राजीनामाका लागि मन्त्रीहरुलाई २४ घन्टा समय उपलब्ध गराइएको उहाँले यस संवाददातालाई जानकारी दिनुभयो ।

आज बसेको संसदीय दलको बैठकमा माधव गुटका सांसदहरू पनि सहभागी भएका थिए । माओवादीको सरकार ढालेर एमालेको सरकार बनाउन एमाले एकढिक्का भएको हो ।

माओवादी सरकार विस्थापित गरेर एमालेको सरकार बनाउने यो प्रयाससँगै माधव गुटमा लागेका सांसदले पनि संस्थापनलाई साथ दिएका छन् ।

मुख्यमन्त्री शाहीको सरकारलाई दिएको समर्थन एमालेले गत चैत ४ मा फिर्ता लिएको थियो ।

कर्णाली एमाले संसदीय दलको बैठक : एमालेका मन्त्रीले राजीनामा दिने निर्णय