अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रियल मड्रिड शीर्ष स्थानमा

रियल मड्रिड शीर्ष स्थानमा


रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता रियल शनिबार राति भएको एल क्लासिको खेलमा बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लिकएको हो ।

रियलले बार्सिलोनालाई २(१ गोल अन्तरले पराजित गरेको हो । जितपछि ३० खेलबाट ६६ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

एक खेल कम खेलेको एट्लेटिको मड्रिडको पनि ६६ अंक छ । तर, हेड टु हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लिएको हो ।

वार्सिलोना भने पराजयसँगै लिग तालिककाको तेस्रो स्थानमा झरेको छ । बार्सिलोनाले ६५ अंक जोडेको छ ।

रियलको जितमा कप्तान करिम बेन्जामिन र टोनी क्रुसले एक(एक गोल गरेका थिए । रियलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनाका ओस्कार मिगुएजाले एक गोल गरे पनि त्यो हार टार्नका लागि पर्याप्त भएन ।