अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेदरल्याण्ड्सद्वारा नेपाललाई १३७ रनको लक्ष्य

नेदरल्याण्ड्सद्वारा नेपाललाई १३७ रनको लक्ष्य


काठमाडौं- आजदेखि काठमाडौंमा सुरू भएको टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पाहुना टोली नेदरल्याण्ड्सले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

उसका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाउनुभयो ।

बलिङमा सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिनुभयो ।

उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पार्नुभएको हो । त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिनुभयो ।

नेपाल टिमबाट आज आशिफ शेख, कुशल भुर्तेल र साहब आलमले डेब्यू गरेका छन् ।