अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलेसियाविरुद्ध नेदरल्याण्ड्स १५ रनले विजयी

मलेसियाविरुद्ध नेदरल्याण्ड्स १५ रनले विजयी


काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ ।

जारी सिरिजमा नेदरल्याण्ड्सको यो पहिलो जित हो । शनिबार सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध ९ विकेटले पराजित भएको थियो ।

सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो ।

उसका लागि वीरन्दीप सिंहले आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन सक्नुभएन । उहाँले ५३ बलमा ६ छक्का र ६ चौकासहित ८७ रन बनाउनुभयो ।

शेरविन मुननिआन्डेले २८ र अमीनउद्दीन रिम्लीले २६ रन बनाउनुभयो । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सक्नु भएन ।

बलिङमा आर्यन दत्त, बासडी लिडे र सेबस्टियान ब्रेटले सर्वाधिक दुई/दुई विकेट लिनुभयो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले मलेसियालाई १ सय ९१ रन बनायो ।

उसका लागि म्याक्स दाउदले शतकीय पारी खेल्नुभयो । उहाँले ७३ बलमा १५ चौका र ६ छक्कासहित अविजित १३३ रन बनाउनुभयो ।

त्यस्तै, स्कट इड्रवासले ३३ र बेन कपूरले नटआउट २० रनको योगदान दिनुभयो । बलिङमा अवर रहमान र वीरन्दीप सिंहले एक/एक विकेट लिनुभयो ।