अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिकोणात्मक सिरिज : नेपालविरुद्ध नेदरल्याण्ड्सको रोमाञ्चक जित

त्रिकोणात्मक सिरिज : नेपालविरुद्ध नेदरल्याण्ड्सको रोमाञ्चक जित


काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाल तीन विकेटले पराजित भएको छ । यो सिरिजमा नेपालको पहिलो हार हो ।

नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः नेदरल्याण्ड्स र मलेसियालाई ९/९ विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाउनुभयो ।

बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिनुभयो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो ।

उसका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्नुभयो ।

कुशलले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाउनुभयो । जारी सिरिजमा उहाँको यो लगातार तेस्रो अर्धतकीय पारी हो ।

त्यस्तै, उपकप्तान ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रनको योगदान दिनुभयो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो ।

कुशल मल्लले पनि आक्रामक ब्याटिङ गर्नुभयो । उहाँले सात बलमा तीन छक्काको मद्दतमा १८, कप्तान ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले सात र सोमपाल कामीले अविजित २१ रन बनाउनुभयो ।

बलिङमा भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुई/दुई, बासडी लिडे र आर्यन दत्तले एक/एक विकेट लिनुभयो ।