अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन कार्यक्रम स्वीकृत

उपनिर्वाचन कार्यक्रम स्वीकृत


काठमाडौं– राष्ट्रियसभा सदस्यको आगामी उपनिर्वाचनका लागि यही वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने भएको छ । वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको आगामी जेठ ६ गते बिहीबार हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्दै निर्वाचन आयोगले वैशाख २४ गते नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

यही वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्वीकृत कार्यक्रमअनुसार, वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजूरी दिने, वैशाख २२ र २३ गते निवेदन तथा उजूरीउपर छानबिन र कारबाही गर्ने, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजूरी दिने निर्वाचन कार्यतालिका छ ।

आयोगका अनुसार, वैशाख २६ र २७ गते मनोनयनपत्र र उजूरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने कार्यक्रम छ ।