अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आश्विनले आईपीएलका बाँकी म्याच नखेल्ने

आश्विनले आईपीएलका बाँकी म्याच नखेल्ने


नयाँदिल्ली- दिल्ली क्यापिटल्सका स्पिनर रवीचन्द्रन आश्विनले आईपीएलका बाँकी म्याच नखेल्नु हुने भएको छ ।

परिवारका सदस्यहरू कोभिड-१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उहाँहरूलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताउनु भएको हो ।

आश्विनले गर्नु भएको ट्वीटमा ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो’ भन्नु भएको छ ।

भारतमा कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिएको अवस्थामा आईपीएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ ।

दिल्लीले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ ।

यसैबीच, रोयल च्यालेन्जर्स बैंग्लोरमा अनुबन्ध केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड-१९ को सङ्क्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।