अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीमा ५० शैय्याको आइसोलेसन सञ्चालन गरिने

इटहरीमा ५० शैय्याको आइसोलेसन सञ्चालन गरिने


इटहरी– इटहरी उपमहानगरपालिकामा ५० शैय्याको आइसोलेसन सञ्चालन गरिने भएको छ ।

इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक बैठकले इटहरी रंगशालामा ५० शैय्याको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो । आइसोलेसन सञ्चालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिनुभयो । शव व्यवस्थापनका लागि गाड्ने संस्कार भएकाहरुका लागि इटहरी २ स्थित जंगलमा र जलाउने संस्कारभएकाहरुका लागि इटहरी ११ स्थित बुढीखोला भागलपुर पुल उत्तरपट्टि स्थान तोकिएको छ । २५ जना सम्म मात्र सहभागी भएर स्वास्थ्यका सवै मापदण्डहरु पूरा गरि अन्तिम संस्कार गर्नुपर्ने छ ।

यसैबीच इटहरी उपमहानगर राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएकाले पाँच दिनका लागि सो शाखाबाट हुने सवै सेवा वन्द गरिएको छ । शाखा प्रमुख नविन भट्टराईका अनुसार वैशाख १५ गते देखि पाँच दिन सम्म कोठा नम्बर ९ राजश्व प्रशासन शाखाबाट हुने कर लगायतका सबै सेवा बन्द गरिएको हो । वडा कार्यालयहरुबाट हुने कर संकलन कार्य भने नियमिति हुने छन् ।