अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका चार नेतामा कोरोना संक्रमण

एमालेका चार नेतामा कोरोना संक्रमण


काठमाडौं– नेकपा एमालेका एकजना मन्त्री सहित सहित पाँच जना केन्द्रीय सदस्यहरुलाई कारोना संक्रमण भएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीसहित अन्य चारजना केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण देखिएको हो । रायमाझी पार्टीका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

यसैगरी केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई र गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य राजीव पहारीलाई कोरोना संक्रमण भएको हो ।

उहाँहरुमध्ये रायमाझी सैनिक अस्पतालमा उपचाररत हुनुहुन्छ भने अन्य नेताहरु घरमै आराम गरिरहनुभएको एमालेले जनाएको छ ।