अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङेसहित गण्डकीका दुई सांसद सम्पर्कविहीन

मनाङेसहित गण्डकीका दुई सांसद सम्पर्कविहीन


पोखरा- गण्डकी प्रदेशको प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको दुई जना सांसद मोबाइल अफ गरेर सम्पर्कबाहिर गएका छन् ।

मनाङका सांसद दिपक मनाङे अविश्वासको पक्षमा हस्ताक्षर गर्नु भएको छ । तर, आज उहाँको मोबाइल अफ छ ।

उहाँ बैठकमा पनि नआउनु भएको प्रदेश सचिवालयले जनाएको छ । यसैगरी, राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही पनि सम्पर्कमा हुनुहन्न ।

जनमोर्चाका तीन जना सांसदले अविश्वासको पक्षमा हस्ताक्षर गरे पनि शाही अनुपस्थित हुनुहुन्छ ।

शाही र मनाङे सम्पर्कमा नभएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव फेल हुने देखिएको छ ।