अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनस्वास्थ्यमा थप जिम्मेवार बन्दै बुटवल

जनस्वास्थ्यमा थप जिम्मेवार बन्दै बुटवल


बुटवल- बुटवल उपमहानगरपालिकाले महामारी नियन्त्रणका लागि हुने निषेधाज्ञाको समयमा स्वास्थ्य, आइसोलेशन तथा क्वारेन्टिन निर्माण, सरसफाइ तथा खानेपानी वितरणसम्बन्धित सेवाप्रवाहलाई नियमितरूपमा सञ्चालन गर्नेभएको छ ।

जनस्वास्थ्यको संवेदनशीलतालाई प्राथमिकतामा राख्दै त्यससँग सम्बन्धित विषयमा जिम्मेवार कर्मचारीलाई स्वास्थ मापदण्डअनुसार जुनसुकै समयमा कार्यालयमा उपस्थित गराउने भएको छ ।

यसको समन्वयका लागि महाशाखाका प्रमुख एवम् अधिकृतहरूलाई विषयगत जिम्मेवारी तोकिएको र ती सबै कामको समन्वय प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले गर्नुहुने भएको छ ।

उपमहानगरका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यले महामारीको रोकथाम, नियन्त्रण र समुदायमा हौसला बढाउने काममा जनप्रतिनिधि, कर्मचारीलाई निजी क्षेत्र र नागरिक समाजको साथ लिएर थप अग्रसर बन्न निर्देशन दिनुभएको छ ।