अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले थ्री नेसन्स कप विजेता खेलाडीलाई जनही चार लाख दिने

सरकारले थ्री नेसन्स कप विजेता खेलाडीलाई जनही चार लाख दिने


काठमाडौं- सरकारले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाली फुटबल टोलीका सदस्यलाई चार लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

नेपालसहित बंगलादेश र कीर्गिस्तान सहभागी लिगमा नेपालले उपाधि जितेको थियो । खेलाडीको मनोबल उच्च राख्न सम्मानले केही सहयोग पुग्ने पनि प्रवक्ता गुरुङले बताउनुभयो ।