अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा कोरोना संक्रमण दर घट्यो, संक्रमितभन्दा डिस्चार्ज हुने बढी

भारतमा कोरोना संक्रमण दर घट्यो, संक्रमितभन्दा डिस्चार्ज हुने बढी


नयाँ दिल्ली- भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, एकै दिन ३ लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा बुधबार ४ हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।

भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो । पहिलो सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस महामारी शुरु भएयता भारतमा कूल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

गत जनवरीबाटै खोप अभियान शुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ ।