अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कनकाई नगरप्रमुखद्वारा तीन वर्षको पारिश्रमिक अक्सिजन प्लान्ट निर्माणमा सहयोग

कनकाई नगरप्रमुखद्वारा तीन वर्षको पारिश्रमिक अक्सिजन प्लान्ट निर्माणमा सहयोग


झापा- झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पछिल्ला तीन वर्षमा लिएको पारिश्रमिक अक्सिजन प्लान्ट स्थापनाका लागि हस्तन्तरण गर्नुभएको छ ।

नगरप्रमुख पोखरेलले पछिल्लो तीन वर्षमा आफूले नगरपालिकाबाट लिइएको १० लाख रुपैयाँको चेक उपप्रमुख मञ्जु प्रसाईंलाई हस्तन्तरण गर्नुभएको हो । कनकाई अस्पतालमा अक्सिजन प्लान्टको तयारी छ ।

पोखरेलले मेयरमा निर्वाचित भएको पहिलो वर्षको पारिश्रमिक मजदुर हितकोषलाई उपलब्ध उपलब्ध गराउनुभएको थियो ।

२ करोड रुपैयाँको लागतमा निर्माण हुने यस प्लान्टका लागि दाताहरूले १ करोड रुपैयाँ उपलब्ध गराइसकेको कनकाईबाट पत्रकार विनोद सापकोटाले जानकारी दिनुभयो ।