अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लघु कथा: मन कति भक्कानियाे हाेला!

लघु कथा: मन कति भक्कानियाे हाेला!


बस्तीका हरेक मान्छे काममा व्यस्त । असार लाग्यो। गाउँमा किसानहरू रातोदिन छकालै घरबाट निस्किन्थे। अनि साँझको झिसमिसेमा घरिन्थे। कामको चटारोले मान्छे गाउँमा बिरलै भेटिन्थे । वीरु भाइ मधेस झरेको थियोे। काठे घरसहित तीन कट्टा ऐलानी जग्गामा उसको परिवार बसेको थियोे। बुढा बालाई पनि साथमा लिएर बपरु मधेसमा ओत लागेको थियोे। बिरानो ठाउँमा एक जना गाउँलेले जग्गा किनाइदिएका रे उसलाई!

समय घर्कदै गयो। गृष्मकालीन समय शुरुवात भए सँगै घर नजिकैका रुखका पात खस्दै गए । जेनतेन जीवन चलेको थियो। उनीहरू इटा भट्टामा काम गर्थे। चिसोको लाटोकोसेरो जस्तै एकहोरो नयनले बुढा बा र काखे बालक उनीहरूलाई कुरिराख्थे । असार लाग्यो इटा भट्टाको काम रोकियो। बलवीरे दाइको भुसा भट्टा असारको झरीसितै पानीले गलेको थियोे। सानोतिनो कमाइ रोकियो। बुढा बा गल्न थाले। असारे मुसलधारे पानीको बेग बढ्दै थियोे। काठेघर तपतप चुहिन्थ्यो। बुढा बा पल्लो कोठाबाट बोलाउथे त्यतिबेला। उनले कालो बर्षातीले अर्को दिन छानो माथि राखे। थोरै राहत भयो यद्यपि खप्रेलले बर्षाती च्यातिएछ। बुढा बाको कोठामा उउी तपतप झरीको बेगले।

मध्यरात भ्यागुताको ट्वारट्वार जतासुकै। बेलाबेला माले कुकुर भुक्थ्यो। बाले मन्द स्वरमा पानी पानी भन्न थाले। बुवाको कोठा पुग्दा जिब्रो लाग्यो। वीरुले छाती छामे तातै थियोे। हातखुट्टा बाउडिए। बा ढले जीउ अल्टलियो। लाशलाई दैलोनिर राखेर कपडाले छोपे। श्रीमतीले पनि साथ दिइन मुर्दा कुर्न वीरुलाई। कोही थिएन अरू त्यहाँ। कालो रात कतिको निद्रा बिगार्ने भनि धेरै घुलमिल नभएका उनले कसैलाई खवर गरेनन् । दैव पनि दुःखीलाई अझै दुःख थप्ने। विचरा बिरु कठिन घडीमा, मन कति भक्कानियाे हाेला!

मानबहादुर जाेरा

उप-प्राध्यापक, कैलाली बहुमुखी क्याम्पस ।