अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई घण्टामै टेलिकमको मोबाइल समस्या समाधान

दुई घण्टामै टेलिकमको मोबाइल समस्या समाधान


काठमाडौं– नेपाल टेलिकमले दुई घण्टामै मोबाइल सेवामा देखिएको समस्या समाधान भएको जनाएको छ ।

टेलिकम प्रवक्ता राजेश जोशीले झण्डै दुई घण्टा टेलिकमको जीएसएम मोबाइलको प्रिपेड र पोस्टपेड सेवामा देखिएको समस्या समाधान भएको जानकारी दिनुभयो । सिस्टममा समस्या आएकाले देशभर नै नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड दुवै सेवा अबरुद्ध भएका थिए ।

जोशीले टेलिकमको भ्वाइस पार्टमा मात्रै समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्मार्ट फोनमा समस्या आए पनि पुरानो फिचर फोनमा समस्या थिएन ।’ भीओएलटीई फोरजीको सेवामा पनि समस्या नभएको प्रवक्ता जोशीको भनाइ छ ।