काठमाडौं-काठमाडौंको माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेकी एक युवतीको प्रहरीले उद्धार गरेको छ।
मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले प्रज्वलनशील पदार्थ शरीरमा खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेकी थिइन्।
घटना देखेपछि प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
एसपी थापाका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। युवतीले आत्मदाहको प्रयास गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया