अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने

जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने


काठमाडौं– जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ ।

विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् जापान सरकारले नेपाललाई करिब १६ लाख मात्रा जापानमा बनेको आस्ट्राजेनेका खोप सहयोग स्वरूप उपलब्ध गराउने भएको हो ।

नेपालका लागि जापानी राजदूत किकुटा याटकाले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गर्दै खोप सहायताबारे जानकारी दिनुभएको हो । प्रधानमन्त्रीले जापान सरकारको घोषणाप्रति धन्यवाद दिनुभयो ।

जापानी विदेशमन्त्री मोटेजी टोशिमिटसुले गत मङ्गलबार नै खोप सहायता घोषणा गर्नुभएको थियो ।