काठमाडौं– सुजिता भण्डारी मृत्यु प्रकरणमा उनैका दाइ पर्ने ठूलाबुवाका छोरा मुछिएका छन् ।
चितवन प्रहरीले उनका ठूलो बुबाका छोरा नातामा दाइ पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको छ । सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिनुभएको थियो ।
घटनाका मुख्य अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले सुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजु बहिनीको मात्र नभइ शंकास्पद देखिएको बताउनुभयो ।
प्रतिक्रिया