काठमाडौं- गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय गरिएको छ ।
कारागार ब्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका पोखरेलले कोशी बाढी पीडितको राहतमा पनि सक्रिय भइ काम गर्नुभएको थियो ।
प्रतिक्रिया