काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागतमी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेप्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताउनुभएको छ ।
उहाँले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको एमालेको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको बताउनुभएको हो ।
एमाले पार्टी कार्यालय मकवानपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आज हेटौँडाका १ सयभन्दा बढी युवाहरू एमालेमा गरेका छन् । उनीहरूलाई मुख्यमन्त्री पौडेलले स्वागत गर्नुभयो ।
प्रतिक्रिया