काठमाडौं– गत २४ घण्टामा ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २६३ नमूना पीसीआर परीक्षण गर्दा २ हजार २८० मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २५६ गर्दा ८२६ मा संक्रमण देखिएको हो ।
त्यस्तै, गएको २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, सोही अवधिमा १ हजार ९१६ जना कोरोनाबाट मुक्त भएका छन् ।
प्रतिक्रिया