अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गाउँपालिका उपाध्यक्ष धामीद्वारा मृतक पवित्रा गुर्धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

गाउँपालिका उपाध्यक्ष धामीद्वारा मृतक पवित्रा गुर्धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण


बझाङ–जिल्लाको केदारस्यू गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले पवित्रा गुर्धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।

काठमाडौंस्थित हेरिटेट हाई एकेडेमीको होस्टेलमा मृत फेला परेकी पवित्राको मृत्यु कारण पत्ता लगाउन गाउँपालिका उपाध्यक्ष धामीले विभिन्न व्यक्तिहरूबाट संकलन भएको ७१ हजार १ सय २५ सहयोग रकम परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

बझाङबाट काठमाडौं जान धेरै खर्च हुने र आर्थिक स्थिति कमजोर भएको भन्दै उहाँले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभयो ।

आज मृतक परिवारलाई भेटेर उपाध्यक्ष धामीले केदारस्यू गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, वुद्धिजीविहरूले गरेको सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

उहाँले मृतकप्रति श्रद्धाञ्जलि र परिवारका गहिरो समवेदनासमेत व्यक्त गर्नुभएको छ ।

पवित्रा असार २८ गते काठमाडौंको भत्केकोपुलस्थित हेरिटेज बोर्डिङको एउटा कोठामा मृत भेटिएकी थिइन् ।