अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अख्तियारले कारबाही गरेका व्यक्ति शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त !

अख्तियारले कारबाही गरेका व्यक्ति शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त !


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गरेका व्यक्ति शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त भएका छन् ।

शिक्षक सेवा आयोगमा नवनियुक्त सदस्य डिल्लीराम रिमाल २०६३ सालमा अख्तियारको कारबाहीमा परेका थिए । उनलाई अख्तियारले आफन्तलाई शिक्षक सेवामा पास गराइ भ्रष्टाचारजन्य कार्य गरेको ठहर गरेको थियो ।

माध्यमिक तहका शिक्षक पदको लेखा विषयका प्रश्नपत्र निर्माण, मोडरेशन,उत्तरपुस्तिका परीक्षणलगायतका काममा संलग्न भइ आफन्तलाई पास गराएको लाई माध्यमिक तहका शिक्षक पदको परीक्षामा आफन्तलाई उत्तीर्ण गराएको भन्दै रिमाललाई अख्तियारले कारवाहीको निर्देशन दिएको थियो ।

शिक्षा मन्त्रालयको उपसचिव रहँदा रिमाललाई प्रश्नपत्र निर्माणको कार्यमा विशेषज्ञका रूपमा पठाएको र सोही विषयको उत्तर पुस्तिका परीक्षण पनि उनैले गरेर भाइ नाता पर्ने लेखनाथ रिमाललाई पास गराई अन्तर्वार्तामा सामेल गराएको अख्तियारको छानविनले पुष्टि गरेको थियो ।

तत्कालीन अवस्थामा रिमाल सिरहाको जिल्ला शिक्षा अधिकारी रहे पनि कार्यालयबाट बिदा लिई काठमाडौं आएको र लेखा विषयका उत्तरपुस्तिका परीक्षण गरेको अख्तियारको निर्णयमा उल्लेख छ ।