अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लघुकथा : त्यो बालापन बेग्लै !

लघुकथा : त्यो बालापन बेग्लै !


बिहानको शिरेटो तथापि चिप्लेटी खेल्थ्यो वीरभक्ते । आमा कराउँदै आउँथिन्, ‘तिमीलाई चिसो लाग्दैन, लाटा?’ टाढा भाग्थ्यो हतारमा अनि खिस्स हाँस्थ्यो । आमा भाका हाल्थिन, ‘मेरो प्यारो कालु, आइजा बा घरजाउँ !’ रत्तिभर नटेर्ने ऊ अझै भाग्थ्यो टाढा साथीको बीचमा । हैरान आमा घर फर्किन्थिन् । ऊ घण्टौं खेल्थ्यो। अबेर खाना खान आउँथ्यो । आमा मेलापात झर्थिन् । तर, प्यारी आमा गोठको दैलो बाहिर माटोमा साँचो लुकाउथिन् उसले थाहा पाउने गरि।

पल्लो घरको परि दाइ छिट्टै खान्थ्यो । वीरभक्ते के पो ढिलो गर्छ भनि कराउँदै आउँथ्यो । भन्थ्यो, ‘आज माछा मार्न जाउँ ।’ मन कति खुसी हुन्थ्यो ताकि उफ्रिहाल्थ्यो । पिठ्युँमा माटो बोक्ने द्वालि बुझ्न । बेलुका माछा भाग लाउने बेलामा कमल दाइ एक माछा थपिदिन्थ्यो । कानेखुसी गर्थ्यो, ‘अब त खुसी भइ कि? फेरि थप्थ्यो भोलि पनि आउनु पर्ने हो । ऊ बेजोड हुन्छ दाइ भनिहाल्थ्यो ।’

कैयौंपटक आँप पाक्ने बेला रुख चढेर हल्लाउँदै भन्थ्यो साथीहरूलाई कति झरे भनेर । बेस्सरी आँप खाएर साथीलाई फ्याक्थ्यो । सरूली दिदी लडि आँपमा चिप्लिएर । गाईवस्तु लग्थे वनपाखामा । खेल्दै गर्दा गाईवस्तु जंगलमा हराउँथे । स्कुल जाँदा रुपैयाँको नोट छाप्थे रे केटाहरू । कैयौं दिन स्कुल नगइ बीच बाटो अनेक खेल खेल्थे । गर्मीका महिना अघाउने गरि ताल खेल्थे । वीरभक्ते रोकियो, बोली मलिन भयो उसको । सुसायो उफ्… त्यो बालापन बेग्लै…!

मानबहादुर जोरा

धनगढी, कैलाली ।