काठमाडौं(राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट विकासको प्रभावकारी औजार बन्नेमा शङ्का व्यक्त गरेकी छन्।
बजेट भाषणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले बजेट महत्त्वाकाङ्क्षी भए पनि कार्यान्वयन पक्ष कमजोर रहे सकारात्मक परिणाम आउन कठिन हुने टिप्पणी गरिन्।
‘बजेट महत्त्वाकाङ्क्षी छ, तर सरकारलाई शङ्काको लाभ दिनुपर्ने हुन्छ,’ सांसद ओलीले भनिन्, ‘घोषणा धेरै छन्, तर ती व्यवहारमा कसरी लागू हुन्छन् भन्ने कुरा महत्त्वपूर्ण हो।’
उनले बजेटले जनताको अपेक्षा पूरा गर्न स्पष्ट कार्ययोजना र प्रभावकारी कार्यान्वयन आवश्यक पर्ने बताइन्। साथै, विगतका बजेटहरू पनि कार्यान्वयन अभावकै कारण अपेक्षित उपलब्धि दिन नसकेको उल्लेख गरिन्।




प्रतिक्रिया