अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटको आकार होइन, कार्यान्वयन महत्त्वपूर्ण: निश्कल राई

बजेटको आकार होइन, कार्यान्वयन महत्त्वपूर्ण: निश्कल राई


काठमाडौं-प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक निश्कल राईले बजेटमा कर परिवर्तनको नीतिले उद्योगीलाई संरक्षण, खर्च कटौती जस्ता उचित भए पनि सर्भिस डेलिभरी प्रभावित हुनसक्ने बताए।

उनले वैदेशिक ऋण अहिलेसम्मकै धेरै भएको भन्दै प्रत्येक नेपालीको टाउकोमा ऋणको भार १ लाख २० हजारभन्दा बढी हुने बताए। 

‘आकार बढेको छ, श्रोत सुनिश्चित छैन । आर्थिक मात्र होइन, राजनीतिक रूपमा पनि बजेट चुकेको छ’, उनले भने । 

कांग्रेसका सचेतक निश्कल राईले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताए।

उनले भने, ‘उत्पादनशील क्षेत्रमा पर्याप्त ध्यान नदिइए बजेट प्रभावकारी हुन सक्दैन। राष्ट्रको खर्च गर्ने क्षमता कति छ भन्ने कुरा सबैलाई थाहा छ। बजेटको आकार मात्रै ठूलो बनाएर उत्पादनशील क्षेत्रमा अघि बढ्न नसके राम्रो प्रतिफल आउँदैन।’