अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पेनलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिकमा स्वर्ण

स्पेनलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिकमा स्वर्ण


काठमाडौं– जापानमा जारी टोकियो ओलम्पिकको पुरुषतर्फको फुबटलको स्वर्ण पदक ब्राजिलले जितेको छ ।

आज भएको फाइनलमा स्पेनलाई २-१ गेल अन्तरले हराउँदै ब्राजिलले स्वर्ण जितेको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकियो । पहिलो हाफमा ब्राजिलका लागि म्याथियस कुन्हाले अग्रता दिलाए ।

उनले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए ।

दोस्रो हाफमा स्पेनले पनि गोल फर्कायो । उसका लागि माइकल ओयारजवालले गोल गरे ।

खेल १–१ को बराबरीमा सकिएपछि फेरि समय थपियो । थप समयमा ब्राजिलका लागि १०८ मिनेटमा माल्कमले गोल गरे ।

यो जितसँगै ब्राजिलले इतिहास रचेको छ । पहिलो पटक स्वर्ण पदक जित्दै उसले इतिहास रचेको हो । गत सिजनमा पनि ब्राजिलले स्वर्ण पदक हात पारेको थियो ।

ब्राजिलले मेक्सिकोलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

सन् २०१६ को स्वर्ण विजेता ब्राजिल लगातार तेस्रो पटक ओलम्पिकको फाइनलमा पुगेको थियो ।

स्पेन भने २१ वर्षपछि ओलम्पिक फुटबलको फाइनल पुगे पनि स्वर्ण जित्न असफल भयो । स्पेनले पछिल्लो पटक सन् १९९२ मा ओलम्पिकमा स्वर्ण जितेको थियो ।