अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङ समाज हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग

खोटाङ समाज हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग


खोटाङ-खोटाङ समाज हङकङले खोटाङ जिल्लाका सबै स्थानीय तहलाई रु नौ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउन समाजले दुई नगरपालिका र आठ गाउँपालिकालाई शनिबार रु नौ लाख ५२ हजार ५६ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको समन्वयमा खोटाङ समाज हङकङले चार थान अक्सिजन सिलिण्डर, स्यानिटाइजर स्प्रे, पिपिइ, फेसशिल्ड, पल्स अक्सोमिटर, थर्मलगन, गाउन, सर्जिकल ग्लोब्स, ह्याण्ड स्यानिटाइजर, स्ट्रेचर, ह्वीलचेयरलगायतका सामग्री उपलब्ध गराएको जनाइएको छ । जिल्लाका सबै स्थानीय तहमा पठाउने गरी समाजका सदस्य धर्मराज राईले जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष बबि चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

खोटाङमा जन्मिएर हाल हङकङमा बसिरहेका खोटाङेले स्थापना गरेका समाजको अगुवाइमा हङकङमा सञ्चालन गरिएको सहयोग अभियानका क्रममा जम्मा भएको रकमबाट काठमाडौँमा स्वास्थ्य सामग्री खरिद गरेर जिल्ला ल्याइएको समाजका सदस्य राईले बताउनुभयो । समाजमा आबद्ध खोटाङेले आफ्नो मातृभूमिका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री जिल्लाका हरेक स्थानीय तहमा करिब रु ९०÷९० हजार बराबरको पुग्ने अनुमान गरिएको छ ।