अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलायतको चर्चित फुटबल क्लवबाट खेल्दै अस्मिता आले

बेलायतको चर्चित फुटबल क्लवबाट खेल्दै अस्मिता आले


लन्डन- पूर्व गोरखा सैनिककी छोरी अस्मिता आले बेलायतको एक ठूलो फुटबल क्लव टोटनमबाट खेल्ने भएकी छिन् ।

रक्षा पंक्तिमा रहेर खेल्ने आलेले शुक्रबार टोटनम फुटबल क्लवसित सन् २०२३ सम्मको लागि सम्झौता गरेकी छिन् । १९ वर्षीया उनले टोटनम महिला फुटबल टीमकी मुख्य टीमबाट खेल्नेछिन् । उनको जर्सी नम्बर १३ रहेको छ ।

यसअघि आस्टोन भिल्ला फुटबल क्लवबाट उनले फुटबल खेल्ने गरेकी थिइन् । व्यावसायिक फुटबल खेल सुरु गरेको छोटो समयमा नै उनले खेलमा महत्वपूर्ण प्रगति गरेकी थिइन जसका कारण गतवर्ष उनलाई प्लेयर्स प्लेयर अफ दी सिजन उपाधि पनि दिइएको थियो ।

टोट्टनहमसित सम्झौता गरेपछि उनले भनेकी छिन्, ‘टोटनहमजस्तो प्रख्यात फुटबल क्लवसँग जोडिन पाएकोमा म असाध्यै खुशी छु । रिहान (क्लवकी मुख्य प्रशिक्षक), क्लवका कर्मचारी र खेलाडीहरुसित मैले चाहेको जस्तै आकांक्षा पाएँ । म रिहानसित फेरि काम गर्न पाउने आशा गर्छु र सकेसम्म सिक्नेछु । खेल्न शुरु गर्न म आतुर छु र आशा छ म टीमलाई राम्रो बनाउन सहयोग गर्न सक्नेछु ।’

तनहुँ दमौली पुर्ख्यौली घर भएकी अस्मिताका पिता पूर्व गोरखा सैनिक हुन् । उनी नेपालको राष्ट्रिय स्क्वास खेलाडी पनि हुन् । हाल अस्मिता आमा बसन्ती, बाबा अमृत र दाजु असिमसहित युकेको ननिटनमा बस्दै आएकी छिन् । अस्मिताका दाइ पनि फुटबल खेलाडी हुन् ।