अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिदाइ कार्यक्रममा भक्कानिए मेसी

बिदाइ कार्यक्रममा भक्कानिए मेसी


काठमाडौं । लोकप्रिय फुटबल खेलाडी लिओनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट बिदा भएका छन् । आज बार्सिलोना आयोजना गरेको बिदाइ कार्यक्रममा मेसी भक्कानिए ।

मेसीले बार्सिलोनाबाट आफूले कसरी विदा भन्नुपर्छ कहिल्यै नसोचेको बताए ।

बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए । उनले आफ्नो कुरा सके पछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए ।

सुरुदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए । कार्यक्रममा दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए ।