अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री खनाल अर्को हप्ता स्वदेश फर्कने

पूर्वप्रधानमन्त्री खनाल अर्को हप्ता स्वदेश फर्कने


काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनाल अर्को हप्ता स्वदेश फर्कने तयारी गर्नुभएको छ ।

मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहनुभएका खनाल अर्को हप्ता स्वदेश फर्कने तालिका छ ।

नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनाल केही महिना अघि उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो । उहाँको लामो समय उपचारपछि मृगौला प्रत्यारोपण गरिएको थियो ।

दिल्लीस्थित एपोलो अस्पतालमा खनालको सफल मृगौला प्रत्यारोपण भएको थियो । त्यसपछि उहाँ सामान्य अवस्थामा फर्किएको बुझिएको छ ।