अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीद्वारा सपथग्रहण

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीद्वारा सपथग्रहण


बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख कार्यलयमा आज साँझ आयोजित समारोहमा उहाँले प्रदेश प्रमुख अमिक शेरचन समक्ष सपथग्रहण गर्नुभएको हो ।

सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी हुनु भएको थियो ।

मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । कांग्रेसबाट डिल्ली चौधरी, माओवादीबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहश्रराम यादव र सुमन रायमाझी मन्त्री बन्नुभएको छ ।

खड्काले आर्थिक योजना मन्त्रालय र चौधरीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन, स्वास्थ, भूमि र उद्योग मन्त्रालयको कार्यभार भने मुख्यमन्त्री केसीले नै सम्हाल्नुभएको छ ।