अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लुम्बिनी प्रदेश : गठबन्धनलाई सहयोग गर्ने दुई सांसदलाई एमालेले कारबाही गर्ने

लुम्बिनी प्रदेश : गठबन्धनलाई सहयोग गर्ने दुई सांसदलाई एमालेले कारबाही गर्ने


बुटवल– नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धनलाई सघाउने दुई जना सांसदलाई कारबाही गर्ने भएको छ । जसका लागि एमालेले प्रक्रिया अगाडि बढाइसकेको छ ।

सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला ओलीलाई एमालले कारबाही गर्ने भएको हा ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कुलप्रसाद केसीको निवेदनमा हस्ताक्षर गरेपछि उहाँहरूलाई एमालेले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई यसअघि नै स्पष्टीकरण सोधी थप कारबाहीको लागि पार्टी केन्द्रबाट आइसकेको र शाहीलाई बिहीबार नै पत्र दिएर स्पष्टीकरण माग गरिएको जानकारी दिनुभयो ।

ढकालका अनुसार ओलीलाई कारबाहीको लागि पार्टी केन्द्रबाट स्वीकृत भएर आइसकेकाले तत्काल अगाडि बढाइने छ भने शाहीलाई पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।