अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पारस खड्काद्वारा प्रधानमन्त्री देउवासँग भेट

पारस खड्काद्वारा प्रधानमन्त्री देउवासँग भेट


काठमाडौं– नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

देउवाले दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिनुभयो । ‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहनेछ,’ देउवाले ट्वीटरमा लेख्नुभएको छ ।

पारसले पनि क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकामा प्रधानमन्त्री देउवालाई धन्यवाद दिनुभएको छ । गत वर्ष नेपाली टिमको कप्तानबाट राजीनामा दिनुभएका पारसले अघिल्लो हप्ता अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गर्नुभएको थियो ।