अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई खोप

आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई खोप


काठमाडौं – आजदेखि तीन दिनसम्म कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई पनि कोरोनाविरूद्ध खोप लगाइने भएको छ।
स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिन्छ।

१८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन लागिएको छ। यस्तै ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ।

काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइन्छ।