अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७ सिनियरलाई उछिनेर मूख्यसचिव पुरस्कार पाएका लीलामणि माओवादीको वडा राजनीतिमा

७ सिनियरलाई उछिनेर मूख्यसचिव पुरस्कार पाएका लीलामणि माओवादीको वडा राजनीतिमा


गुल्मी– बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला एउटा गज्जबको दृष्य देखिन्थ्यो सिंहदरबारमा । त्यो कस्तो भने प्रधानमन्त्री सेलिब्रेटी बन्ने कि मूख्य सचिव सेलिब्रेटी बन्ने भन्ने प्रतिष्पर्धा ।

सेलिब्रटी बन्ने नाममा मुस्ताङ म्याक्स गाडी चढ्ने प्रधानमन्त्री, जनताका घरमा बास बस्ने भनेर सिराहा सप्तरीका मसुहरलाई लाखौं ऋण बोकाएर अतिति सत्कार गर्न लाउने प्रधानमन्त्री भट्टराई । सेलिव्रेटी पहिचान बनाउनैका लागि सकेसम्म सार्वजनिक बस चढ्न खोज्ने मूख्य सचिव पौडेल । त्यति मात्र होइन जिल्ला भ्रमणमा सरकारी आवास मात्र प्रयोग गर्ने पौडेलको चलन । केही समय प्रधानमन्त्री सेलिब्रेटी कि मूख्य सचिव जनताले छुट्याउन सकेका थिएनन् ।

त्यती मात्र होइन गृहमन्त्री कृष्णबहादुर महरा भएको बेला पौडेल माओावादी कै जोडबलमा गृह सचिव हुनुभयो । त्यसपछि अर्को सेलिब्रेटी कार्यक्रम ल्याउने भयो निजामतीको सगरमाथा आरोहण कार्यक्रम । उक्त कार्यक्रम अन्तरगत धेरैजनालाई सुईंको समेत नदिइ कर्मचारीको समुह लिएर सगरमाथातिर लाग्नुभयो । तर ७ हजार मिटर उचाइमा पुगेपछि त्यसभन्दा उहाँलाई स्वास्थ्यमा समस्या आएर हेलिकप्टरले उद्धार गरेर राजधानी फर्काइएको थियो ।

माओवादीप्रति झुकाव भएकै कारण भट्टराईले ७ जना बरिष्ठ सचिवलाई पछि पार्दै पौडेललाई मुख्य सचिव बनाउनुभएको थियो । आठौं वरियताको सचिव मूख्य सचिव भएपछि त्यसबेलाका धेरै सिनियर सचिवहरुले राजिनामा दिए ।

सरल जीवन शैलीको बताउने पौडेलले त्यबेला माओवादी कर्मचारीलाई छानी छानी राम्रो ठाउँमा सुरुवा गरिदिने एमाले कर्मचारीलाई छानी छानी अप्ठ्यारो ठाउँमा पठाउने गरेको कर्मचारीले भुलेका छैनन् ।

विन्दा हाडा, श्याम मैनाली, शंकर कोइराला लगायत माओवादी भएकै भरमा कनिष्टलाई सचिव मान्न नसकिने भन्दै घरमै बसेका थिए । त्यसैबेला संविधानसभा विघटन भएर सर्वोच्चका प्रधानन्यायधिस खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद गठन भयो । मन्त्रिपरिषदमा उनै आफूले मर्यादा नाघेर पछि पारिएको सचिवहरु भकाभक मन्त्री भएर आएपछि पौडेल अप्ठ्यारोमा पर्नुभएको थियो ।

त्यसबेला ऊर्जा मन्त्री हुनुुहुन्थ्यो उमाकान्त झा । मन्त्रीले मूख्य सचिव पौडेलाई विद्युत प्राधिकरणको अध्यक्ष तोक्नुभयो र आफू त्यस भन्दा माथि रहने व्यवस्था गर्नुभयो । पौडेले यस विषयलाई इगोको रुपमा लिएको कर्मचारीहरु स्मरण गर्दछन् । ‘आफूभन्दा जुनियर सचिव आफूभन्दा माथिल्लो मर्यादामा बस्ने भन्दै पौडेलले अध्यक्ष पद नै अस्विकार गरेका थिए,’ त्यसबेला प्रधानमन्त्री कार्यालयका उच्चपदस्त अधिकारी स्मरण गर्दछन् ‘उहाँको ढोंग कस्तो भने हिजोको सचिव आज मन्त्री बनेर आइसकेको छ । उहाँ चाँही अहिले पनि सचिव कै मर्यादामा राखेर हेरिरहनुभएको छ ।’

सरल जीवन शैलीको बताउने पौडेलले त्यबेला माओवादी कर्मचारीलाई छानी छानी राम्रो ठाउँमा सुरुवा गरिदिने एमाले कर्मचारीलाई छानी छानी अप्ठ्यारो ठाउँमा पठाउने गरेको कर्मचारीले भुलेका छैनन् ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला चीन भ्रमणको व्यवस्थापन राम्ररी गर्न नसकेको र चीनसँग सरकारको सम्बन्ध थप सुमधुर बनाउन असक्षम रहेको भन्दै पौडेल चीनको राजदूतबाट सरकारले फिर्ता बोलाएको थियो ।

नेपाल आएर देखावटी रुपमा कन्सलटेन्सीको काम र भित्र भित्र माओवादीको राजनीति गरिरहेका पौडेल बुधबार माओवादी झण्डामुनी प्रकट हुनुभएको छ । गुल्मीमा वाईसिएललाई प्रशिक्षण दिने क्रममा पौडेलले माओवादी र एमाले एउटै नभएको भन्दै माओवादी राम्रो भएको तर्क गर्नुभएको छ । हुन त करिब दुईसाता देखि पौडेल माओवादीका टोल र वडा कमिटीका कार्यक्रममा प्रमुख अतिति बनेर हिडिँरहेको स्थानीयबासिन्दा बताउँछन् । आफ्नो भाषणमा पौडेल भन्नुहुन्छ, ‘एमाले रुपान्तरणकारी शक्ति होइन । माओवादी रुपान्तरणकारी शक्ति हो । त्यसकारण एमाले र माओवादी एउटै होइनन् ।’