अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कार्यालयमा आफ्नै सुरक्षा व्यवस्था, सीसीटीभी निगरानी बढाइयो

एमाले केन्द्रीय कार्यालयमा आफ्नै सुरक्षा व्यवस्था, सीसीटीभी निगरानी बढाइयो


काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ।

सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो।

कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा शक्तिशाली क्यामेरा (सीसीटीभी) जडान गरी निगरानी समेत बढाएको छ।

वि.सं. २०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारीविना हटाइएको एमालेले जनाएको छ।

सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाउनु परेको एमालेले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछन् भने क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिनेछ।