अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् नेपाल प्रहरीको ७१औँ स्थापना दिवस

तस्बिरमा हेर्नुहोस् नेपाल प्रहरीको ७१औँ स्थापना दिवस


काठमाडौँ-नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

स्थापना दिवसका अवसरमा बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीलाई जोखिमपूर्ण तथा उत्कृष्ट कार्य गरेको भन्दै ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ।

गृहमन्त्री गुरुङले जिसीलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। नेपाल प्रहरीमा प्रदान गरिने यस पुरस्कारसँगै २५ हजार रुपैयाँ नगदसमेत प्रदान गरिन्छ।

सो क्रममा गृहमन्त्री गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताए। मन्त्री गुरुङले भने, ‘प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ। आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ।’

उनले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको बताए। गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने छ भने।  उनले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताए ।