अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पार्टी छोड्ने धम्की पछि राजेन्द्र राई नेकपा (एस)को सचिव !

पार्टी छोड्ने धम्की पछि राजेन्द्र राई नेकपा (एस)को सचिव !


विराटनगर – जुनियरलाई सचिव बनाएर आफूलाई छुटाएको भन्दै राजेन्द्र राईले पार्टी छोड्ने धम्की दिएपछि माधव नेपालले सचिवको जिम्मेवारी दिनुभएको छ ।
आफू भन्दा कनिष्ट रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिएर राईलाई केन्द्रीय सदस्य मात्र राखिएपछि राईले आज विहानै देखि पार्टी छोड्ने बारेमा निकटस्थहरुसँग छलफल गर्नुभएको थियो । पार्टीका उपाधक्ष्य राजेन्द्र पाण्डेले विहान सार्वजनिक गरेको पदाधिकारी सुचीमा राईको नाम उल्लेख थिएन ।
प्रदेश नं १ मा भीम आचार्य एमाले मै बस्ने भएपछि त्यस प्रदेशको नेता नै आफू भएकोले त्यसै अनुसारको जिम्मेवारी पाउनु पर्ने राईको मागदाबी थियो । ‘उहाँको माग उपाधक्ष्य नै थियो’ नेकपा(एस)निकट स्रोत भन्छ ‘तर सचिव पनि नपाएपछि यो पार्टीमा बसेर के काम भन्दै निकटहरुसँग परामर्श थाल्नु भएको थियो ।’
राईले पद नपाए पार्टी नै छोड्न सक्ने संकेत पाएपछि माधव नेपालले सचिवको पद थपेर भोजपुरका राईलाई समेट्नु भएको छ ।