अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमरेड प्रचण्ड ! हाम्रोबारे चिन्ता लिनु पर्दैन, हाम्रो पार्टी हामी बनाउछौं : भूसाल

कमरेड प्रचण्ड ! हाम्रोबारे चिन्ता लिनु पर्दैन, हाम्रो पार्टी हामी बनाउछौं : भूसाल


काठमाडौं – नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेको चिन्ता नलिन र आफ्नै पार्टीलाई राम्रो बनाउन सुझाव दिनु भएको छ ।

काभ्रेको पाँचखालमा बिहीबार आयोजित वाईसीएल नगर भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले घनश्याम भुसाल र योगेश भट्टराईहरुले केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाउनु भएको थियो ।

उपमहासचिव भुसालले  त्यसको जवाफ दिनुहुँदै अध्यक्ष प्रचण्डलाई आफूहरुको चिन्ता नलिन सुझाव दिनु भएको हो ।

‘कमरेड ! प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौँ’, उहाँले भन्नु भयो, ‘तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं।’ उहाँले ट्वीटमार्फत् प्रचण्डलाई उक्त सुझाव दिनु भएको हो ।