अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेनेटरी प्याडको मूल्यवृद्धिप्रति अनेरास्ववियूको आपत्ति

सेनेटरी प्याडको मूल्यवृद्धिप्रति अनेरास्ववियूको आपत्ति


काठमाडौं – महिलाले महिनावारीका बेला प्रयोग गर्ने सेनेटरी प्याडको मूल्यवृद्धिप्रति नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आपत्ति जनाएको छ ।

अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले विद्यार्थीलाई नि:शुल्क र अनिवार्य सेनेटरी प्याड उपलब्ध गराउनको साथै सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न प्रेस विज्ञप्ति जारी गर्नुहुँदै सरकारसँग  माग गर्नु भएको छ ।

‘विश्वको करीब  ४ अर्व र नेपालका करीब १ करोड ५० लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभइ आवश्यकता हो । त्यसैले प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हो । वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रीमा जस्तै उच्च कर लगाइ महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता छ ।’

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष ०७६–०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत नि:शुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसमक्ष अनेरास्ववियूले माग गरेको छ ।