अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ


काठमाडौं- नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब, नेपाल को ११औं साधारणसभाले आगामी दुई वर्षका लागि श्रुति श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ पत्रिकाका अमूल थापा निर्विरोध निर्वाचित चयन हुनु भएका छन् ।
यसैगरी गोरखापत्रका विकास द्वारे प्रवक्तामा चयन हुनुभएका छन् भने सदस्यहरूमा कान्तिपुरका अङ्गद ढकाल, सेतोपाटी डटकमकी निशा भण्डारी, देशसञ्चार डटकमकी वर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुशी निर्विरोध चयन हुनु भएका छन् ।

निर्वाचित पदाधिकारीहरूलाई शनिबारै एक समारोहकाबीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिवक्ता निरञ्जन राजवंशी, वरिष्ठ फोटो पत्रकारहरू नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्व अध्यक्ष प्रकाश माथेमा, पूर्वकार्यवाहक अध्यक्ष केशवराज थोकरले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।