अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईपीएलमा पञ्जावको जित

आईपीएलमा पञ्जावको जित


इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पञ्जाव किंग्स ५ रनले विजयी भएको छ ।

गएराति भएको खेलमा सनराईजर्स हैदारावदले १२६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ७ विकेट गुमाएर १२० रनमै रोकिएपछि पञ्जावले ५ रनको रोमाञ्चक जित निकाल्न सफल भयो ।

सनराइजर्सका जेसन होल्डरले ३ विकेट लिनुका साथै व्याटबाट नटआउट ४७ रन बनाउँदा पनि जित दिलाउन सकेनन् ।

सनराईजर्सका लागि ऋद्धिमान साह ३१ रनमा रनआउट हुनुनै दुर्भाग्य सावित भयो । मनिष पाण्डेले १३ तथा केदार जादवले १२ रन मात्रै बनाए ।

२९ बलमा ४७ रन बनाउँदा पनि होल्डरले जित दिलाउन असफल रहे । रवि विश्नोइले ३ विकेट लिएका थिए ।

पञ्जावले पहिला ब्याटिङ गर्दा एडन मिकरमले सर्वाधिक २७ रन बनाउँदा केएल राहुलले २१ रन बनाएका थिए । जेसन होल्डरले ३ विकेट लिए ।

यो नतिजापछि आईपीएल तालिका भने रोमाञ्चक बनेको छ ।

शीर्ष स्थानमा रहेको दिल्लीको १६ अंक छ भने दोस्रो स्थानको चेन्नाईको १४ अंक छ ।

बैंग्लोरले १० अंक जोड्दा कोलकता, पञ्जाव, मुम्बई र राजस्थान सबैको आठ आठ अंक रहेको छ ।