अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशनको व्यवस्थापन कार्यसूचीसहित तयारी सकियो

एमाले विधान महाधिवेशनको व्यवस्थापन कार्यसूचीसहित तयारी सकियो


काठमाडौं-नेकपा एमालेको भोलि शुक्रबारदेखि ललितपुरको सनराइज हल, गोदावरीमा हुने विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् ।

बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पूरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १२: १५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ ।

सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिने भएको छ ।  उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने छ । १६ गते समूहगत छलफल हुनेछन् भने १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई सहजीकरण गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ-सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।