अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन

गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन


मनाङ – गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गर्नुभयो । उहाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको संरचना तथा पुन: निर्माणका बारेमा जानकारी गरानुभएको थियो । सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिनुभएको थियो । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्‍याएको थियो ।

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।