अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकका दिदीबहिनीलाई शेयर खरिद विक्री तालिम

दमकका दिदीबहिनीलाई शेयर खरिद विक्री तालिम


दमक- घरघरमा शेयर बजारको चासो र यसका उपयोगकर्ता बढ्दै गएपछि दमक नगरपालिकाले दिदीबहिनीहरुलाई शेयर तालिम दिन सुरु गरेको छ ।
नगर उपप्रमुख गीता अधिकारीका अनुसार शेयर बजार र शेयर खरिद तथा व्यवस्थापन सम्बन्धी चार दिने तालिम दिन सुरु गरिएको हो । अनलाइन मार्फत शेयरको कारोबार गर्न सकिने भएपछि घरैपिच्छे यसका प्रयोगकर्ताहरु बढेका छन् । ‘सहरमा मात्र होइन ग्रामिण क्षेत्रमा पनि शेयरको खरिद विक्री गर्नेको हरुको संख्या बढेको छ’ अधिकारीले भन्नुभयो ‘त्यसमा पनि गृहिणीहरुको आकर्षण धेरै छ । त्यसैले उनीहरुलाई शेयर खरिद र बिक्रीका आधारभुत नियम सिकाउन यो तालिम आयोजना गरेका हौं ।’
महिला सशक्तिकरणको पहिलो आधार शिक्षा र दोस्रो आधार आर्थिक सवलिकरण हो भन्दै अधिकारीले आर्थिक वृद्धिमा महिलालाई सहयोग पुगोस आर्थिक गतिविधीको नयाँ क्षेत्रको रुपमा रहेको शेयरका बारेमा तालिम दिन थालिएको बताउनुभयो ।
आज देखि सुरु भएको तालिममा विभिन्न सहकारीमा काम गर्ने ४५ जना महिलाहरु सहभागी छन् । दमकका पुराना शेयर खरिद विक्रीकर्ता सुवासचन्द्र भट्टराईले तालिमको सहजिकरण गरिरहनुभएको छ ।