अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेती नदीमा ६० जना फसे, उद्धार गर्न कठिनाइ

सेती नदीमा ६० जना फसे, उद्धार गर्न कठिनाइ


 

धनगढी- लगातार वर्षाको कारण सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को १० परिवारका ६० जना फसेका हुन् ।

सोमबार राति देखि आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको वडाध्यक्ष रामबहादुर धामीले जानकारी दिनुभयो ।

बाढीले सेती नदीको सिमनासँग जोडिएका खेतबारी बगाउँदै माथिल्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको वडाध्यक्ष धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ ।’

सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताउनुभयो ।

सेती नदीको किनारमा करीब १२० परिवार बस्दै आएका छन् । उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएका छन् ।