अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले १० औं राष्ट्रिय महाधिवेशन

६७ जिल्लाबाट ११८२ प्रतिनिधि छानिए (सूचीसहित)

६७ जिल्लाबाट ११८२ प्रतिनिधि छानिए (सूचीसहित)


काठमाडौं– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ६७ जिल्लाबाट प्रतिनिधि चयन भएका छन् ।

एमाले केन्द्रीय कार्यालयमा बिहीबार साँझसम्म प्राप्त अनौपचारिक विवरणअनुसार अब १० जिल्लामा मात्रै प्रतिनिधि चयन हुन बाँकी छ । कैलाली र बझाङमा प्रतिनिधि चयनमा विवाद भएर रोकिएको छ भने बाँकी जिल्लामा प्रतिनिधि चयनको कार्य भइरहेको छ ।

६७ जिल्लाबाट अहिलेसम्म १ हजार १ सय ८२ जना प्रतिनिधि छनौट भइसकेका छन् । तीमध्ये खुलाबाट ७४०, महिला ३०४, उत्पीडित १३६ र २ जना मजदुरबाट चयन भएका छन् । एमालेले पार्टीका हरेक निकायमा ३३ प्रतिशत महिला सुनिश्चित गरेसँगै प्रतिनिधि छनौटमा महिला उपस्थिति उल्लेख्य रहेको छ । एमाले संगठन विभागले प्रतिनिधिको अभिलेखिकरण गरिरहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिनिधि छनौट भएको छ भने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर र सुनसरी प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी र रौतहट तथा सुदूरपश्चिम प्रदेशका बाजुरा र कैलालीमा प्रतिनिधि छनौटले पूर्णता पाउन सकेको छैन ।